Logo
Logo

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र सभामुखबीच आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

सो भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री दाहालले आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको बताए । उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताए । ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भने ।

सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि सभामुख घिमिरेले धन्यवाद दिंदै आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएको बताए । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको उनले बताए । ‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्