Logo
Logo

अर्थतन्त्रका सूचकबारे अर्थमन्त्रीसंग छलफल गर्ने समितिको निर्णय


504
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरुका बारेमा अर्थमन्त्रीसंग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरुका बारेमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरुसंग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उनले बताए । समितिलाई पूणरुपमा डिजिटल प्लेटफर्ममा लैजाने बिषयमा पनि छलफल भएको शाहीले बताए ।

बैठकमा बजेटका बारेमा समितिले आवश्यक सुझाव दिनुपर्ने उनले बताए । सांसद बिष्णु पौडेलले बजेटको पोलिसीमा सुझावहरु दिनुपर्ने र छलफलमा अर्थमन्त्रीमा बोलाउनुपर्ने बताए ।

त्यस्तै सांसदहरुले समितिको डिजिटल अभिलेखिकरणलाई व्यवस्थीत गर्नुपर्ने बताएका थिए । अर्थ समितिको पहिलो बैठक कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्