Logo
Logo

कृषिमन्त्री भुसाल र इजरायली राजदूत गोडरबीच भेटवार्ता


1.2k
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसालसँग राजदूत गोडरले भेटवार्ता गरेका हुन्  । भेटवार्ताको क्रममा मन्त्री भुसालले राजदूतसमक्ष इजरायलले नेपालको आर्थिक, सामाजिक, कृषि, शिक्षा, स्वास्थ्य, व्यापार, सेवा एंव विकास निर्माण कार्यमा गरेको सहयोग महत्वपूर्ण रहेको चर्चा  गरे ।

उनले भने,  ‘वि.सं. २०७२ को महाभूकम्पले भत्काएका भग्नावशेषमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य शिविर सञ्चालन गरेर होस् वा कोरोना महामारीका बेला तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराएर होस् इजरायलद्वारा गरिएको सहयोग नेपाली जनताका लागि निकै महत्वपूर्ण छ ।’

नेपाल र इजरायलबीच सन् २०२२ मा हस्ताक्षर भएको समझदारी पत्र बमोजिमको तालिम ‘सिक्दै कमाउँदै’ले नेपाली कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान, सीप, दक्षता र व्यवसायिक क्षमता विकासमा उल्लेखनीय योगदान पुर्याएको मन्त्रीले भुसालले बताए 

राजदूत गोडरले इजरायलले कृषि क्षेत्रमा प्रविधिको माध्यमबाट उत्पादनमा र उत्पादकत्वमा वृद्धि गरिरहेको र नेपाललाई पनि ती नयाँ प्रविधिहरू मार्फत सहयोग गर्न तयार रहेको बताए ।

कृषिमा देखिएका नयाँ प्रविधिहरू सिकाइसँग मलखाद दिने प्रविधि, कृषिमा यान्त्रिकीकरणका नमुना कृषि फर्महरू, किसान तथा प्रविधिलाई क्षमता अभिवृद्धि कार्यक्रम विगतमा दिदैं आएको र आगामी दिनमा पनि निरन्तरता दिन तयार रहेको उनले बताए । 

कृषि रहरले गर्ने पेशा नभएको भन्दै राजदूत गोडरले भने, ‘यो पेशालाई नाफामूलक व्यवसायको रुपमा लैजान सके मात्र देश कृषिमा आत्मनिर्भर बन्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्