Logo
Logo

गठबन्धनको बैठक छाडेर डिल्लीबजार कारागार पुगिन रञ्जिता


4.9k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी डिल्लीबजार कारागार पुगेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी नै रहेको बेला बाहिरिएकी अध्यक्ष श्रेष्ठ पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीसंग छलफलका लागि कारागार पुगेकी हुन् ।

सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि रेशम चौधरीमाथिको कारबाही यथावत् राखेको थियो । सोही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन अध्यक्ष श्रेष्ठ गठबन्धनको बैठक चलिरहेकै बेला बाहिरिएकी हुन् ।

आजको गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो (मंगलबार) पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गरेको थिए । यस्तै, नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्