Logo
Logo

एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौ रुपैयाँ ठगी प्रकरणमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दै भोली (बिहीबार) माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।

उक्त ठगी प्रहरणमा देशका उच्च पदस्थ व्यक्ति, राननितिज्ञ र पुर्वमन्त्रीहरुको समेत संलग्नता देखिनु लज्जास्पद रहेको जनाइएको छ । त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

दिउँसो साढे एक बजे सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्