Logo
Logo

शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्धको अपराध कसुरमा मुद्दा चलाउन राप्रपाको माग


252
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पु¥याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा तीनदिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाले नवीन राप्रपाको अवधारणासहित नयाँ रणनीति र कार्यनीति अवलम्वन गर्दै आगामी पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पु¥याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको जनाएको हो ।

बैठकले हरेक समिति र तहहरुमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० बर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी वेतनधारी कर्मचारीको संगठन नवनाउने, विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकल नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई राज्यविरुद्धको अपराध, संगठीत अपराध, सरकारी दस्तखत किर्ते लगायतका कसुरमा कारावाही चलाउनुपर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकले क्यान्टोनमेन्ट घोटाला, ललिता निवास, एनसेल प्रकरण, वाइडबडी काण्डलगायत भ्रष्टाचारको छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उनले बताए ।

२०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न समेत माग गरेको उनको भनाइ छ ।

त्यस्तै बैठकले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना, संघीयता खारेजीको राष्ट्रिय आवश्यकता जनआकांक्षा बमोजिम निर्णायक मिलनबिन्दुमा स्थापित गर्न टड्कारो बनेको निष्कर्ष निकालेको छ । बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जन सहित पारित गरेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्