Logo
Logo

नागरिक उन्मुक्तिले बोलायो पदाधिकारी बैठक


1.6k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे काठमाडौंमा उपलब्ध पदाधिकारीहरूबीच बैठक बस्ने तय भएको पार्टी महासचिव रतन थापाले जानकारी दिए ।

थापाका अनुसार आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेको हो ।

टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको छ । उसले यहि जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा समेत गरेको छ ।

यद्यपि उसले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै आपत्ति नरहेको बताएको छ ।

डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले पनि अदालतको फैसलाबाट विचलित नभएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्