Logo
Logo

प्रतिनिधिसभाको नियम निलम्बन


882
Shares

काठमाडौं । प्रतिनिधिसभा नियमावली-२०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरिएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसदको संख्या धेरै भएपछि सो व्यवस्था एक दिनका लागि निलम्बन गरिएको हो ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ निलम्बनको प्रस्ताव गरेका थिए ।

एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले सो नियम निलम्बनको समर्थन गरेका थिए । सो नियम निलम्बनको प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेपछि प्रधामन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।

साना दल तथा स्वतन्त्र सांसदहरुले समेत प्रश्न सोध्न पाउनुपर्ने माग गरेपछि बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरि १ बजेबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्