Logo
Logo

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले रोक्यो- प्रधानमन्त्री


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभामा जारी सांसदसँगको सवाल जवाफमा सांसद शिशिर खनालले राखेको ‘लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको ?’ भन्ने प्रश्नको जवाफमा प्रधानमनत्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘म दोस्रो पटक प्रधनमन्त्री हुँदा टीकापुर घटनाको छानविन गर्न लाल आयोग गठन गरिएको हो । आयोगको प्रतिवदेन सार्वजनिक गर्ने तयारी गर्दै गर्दा सर्वोच्च अदालतले प्रतिवेदन सार्वजनक नगर्न आदेश गरेका कारण सार्वजनिक नगरिएको हो ।’

प्रधानमन्त्री प्रचण्डले कतिपय प्रतिवेदनहरु सार्वजनिक गर्दा समाजमा दंगा फैलनसक्ने प्रतिस्थिति रहेमा प्रतिवेदन सार्वजनिक नगर्ने अभ्यास रहेको भन्दै लाल आयोगको प्रतिवेदन पनि सोही प्रकृतिको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्