Logo
Logo

सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गरे । उनले अभियानका क्रममा पालिकास्तरीय पार्टी सदस्यको भेला गरी १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, राजनीतिक प्रतिबद्धता, प्रतिपक्षको भूमिका र स्थानीय सरकारप्रतिको दृष्टिकोणबारे जानकारी गराउन निर्देशन दिए ।

कांग्रेसले स्थानीय तहका सम्भावित उम्मेदवारलाई लक्षित गरी ‘लिडरसिप एकेडेमी’मार्फत नेतृत्व विकाससम्बन्धी ४० देखि ४५ दिनको पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीलाई स्थानीय सरकारका अधिकार, शिक्षा, स्वास्थ्य, सार्वजनिक वित्त र सुशासनलगायत विषयमा प्रशिक्षण दिइने सभापति थापाले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000