Logo
Logo

‘नक्कली शरणार्थी प्रकरणमा मात्र होइन सबै भ्रष्टाचारमाथि छानबिन हुन्छ’


945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा मात्र नभइ अन्य सबै भ्रष्टाचारमाथि छानबिन हुने बताएका छन् ।

प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा सांसद सर्वेन्द्रनाथ शुक्लाले नक्कली शरणार्थी प्रकरणमाथि भइरहेको अनुसन्धानबारे गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले चौतर्फी भ्रष्टाचारले देश अप्ठारो ठाउँमा जान लागेकोले सरकार यी सबै भ्रष्टाचारमा छानबिनका लागि पनि अघि बढेको दाबी गरे । उनले भने, ‘भ्रष्टाचारलाई कुनै पनि छुट दिइनु हुँदैन । सबै भ्रष्टाचार अन्त्य गर्ने दृढ इच्छाका साथ अघि बढेका छौं । नक्कली भुटानी शरणार्थीलाई मात्रै होइन । अन्य तमामा ठूला घटनाको छानबिन गर्ने र सम्पत्ति शुद्धीकरण र राजस्वमा भएका ठूला चलखेल र पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले आवश्यक परे विद्यमान ऐनहरुलाई संशोधन गरेर अघि बढ्नु पर्ने बताए । उनले भने, ‘देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टचार हो । अपिल छ हामीलाई आफूलाई सच्याउने अवसर छ, भ्रष्टाचार र विकृतिका विरुद्ध नयाँ अभियानको थालनी गरेर लोकतन्त्र र गणतन्त्रका लागि शुसानका लागि राम्रो व्यवस्था हो भन्ने बनाउने अवसर छ ।’

प्रतिक्रिया दिनुहोस्