Logo
Logo

माया मेट्रो अस्पतालका एक डाक्टर मृत भेटिए


4.7k
Shares

धनगढी । धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए ।

उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्