
काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बसेको बैठक केहीबेर अघि सुरु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजको बैठकमा नीति तथा कार्यक्रमका साथै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे पनि छलफल हुने बताइएको छ। प्रधानमन्त्री प्रचण्ड आगामी जेठ १७ देखि भारत भ्रमणमा जान सक्ने बताइएको छ।














