Logo
Logo

प्रधानमन्त्रीविरुद्ध संसद्‌ सचिवालयमा उजुरी


20.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको रोस्टमबाट संसदलाई ढाँटेको भन्दै संसद्‌ सचिवालयमा उजुरी परेको छ । अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री प्रचण्डले संसदप्रति अवहेलना गरेकाले ३ महिना कैद हुनुपर्ने माग गर्दै संसद् सचिवालयमा उजुरी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सांसदहरुसँगको प्रश्नउत्तर कार्यक्रममा जवाफ दिँदा टिकापुर घटना छानबिन गर्न गठन भएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नेबारे गलत जवाफ दिएको उजुरीमा दाबी गरिएको छ ।

सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको फैसलाका कारण टीकापुर लगायत तराई-मधेसमा भएका घटनाको विषयमा छानबिन गर्न गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी गरेका थिए ।

उनको उक्त दाबी सही नभएको भन्दै अधिवक्ता नेपालले उजुरी गरेका हुन् । उजुरीमा प्रधानमन्त्रीले जान्दा जान्दै संसदलाई ढाँटेको भन्दै संविधानको धारा १०३ अनुसार सजाय हुनुपर्ने जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्