Logo
Logo

सरकारको नीति तथा कार्यक्रम अमूर्त र सतही : रास्वपा


1.1k
Shares

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त भएको टिप्पणी गरेको छ ।

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पत्रकारहरुसँग कुरा गर्दै यसले अहिलेको संकटग्रस्त अर्थतन्त्रलाई सम्बोधन गर्न नसक्ने बताए ।

उनले भने, ‘नीति तथा कार्यक्रम अमूर्त र सतही छ। ठोस कार्यक्रमहरु आएका छैनन्, पुरानै कार्यक्रम दोहोरिएका छन् अब पनि हामीले अमूर्त कुरा गरेर हुँदैन । अहिलेको संकटलाई सम्बोधन गर्ने गरी कार्यक्रम आएन ।’

परियारले नीति तथा कार्यक्रमको विस्तृत अध्ययन गरेपछि पार्टीले औपचारिक धारणा दिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्