Logo
Logo

भ्रष्टाचारविरुद्ध प्रदर्शन : भ्रष्टाचारीले देश खत्तम बनायो


630
Shares

काठमाडौं । भ्रष्टाचारको विरुद्ध काठमाडौंको तीन कुनेमा प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कडा कारबाही गर्न माग गर्दै शनिबार प्रदर्शन भएको हो ।

नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दलका शीर्ष नेतासहित उच्च पदस्थ सरकारी कर्मचारी मुछिएसँगै केही दिनयता देशभर भ्रष्टाचारविरोधी प्रदर्शनहरू भइरहेका छन् । यसैक्रममा बढ्दो भ्रष्टाचार र नक्कली शरणार्थी काण्डमा संलग्न रहेकालाई कारबाहीको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको छ ।

उनीहरुले ‘सुशासनका लागि हाम्रो साथ, भ्रष्टाचारका विरुद्ध उठाउ हात’, ‘भ्रष्ट नेता जनतालाई गनायो, ‘भ्रष्टाचारीले देश खत्तम बनायो’ ‘यसपालीको हैजा, भ्रष्टाचारीलाई लैजा’, ‘हाम्रो शत्रु भनेको देशद्रोही, देशघाती भ्रष्टाचारीहरु हो’लगायतका नारा लेखिएको पम्प्लेट बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्