Logo
Logo

पोल्यान्डमा लैजाने भन्दै अभिमुखीकरण चलाउने दुई विदेशी नागरिक पक्राउ


1.1k
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले पोल्यान्डमा लैजाने भन्दै काठमाडौंमा बिनाअनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएटोसिकलाई विभागले पक्राउ गरेको हो ।

पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको भन्ने थाहा पाएपछि उनीहरुबारे थप बुझ्न नियन्त्रणमा लिएको विभागका अनुसन्धान अधिकृत धर्म लम्सालले बताए । उनका अनुसार उनीहरुको शनिबार दिनभर पोल्यान्ड जान इच्छुकहरूलाई अभिमुखीकरण दिने तालिका दिइँदैथियो ।

तालिममा सहभागीमध्ये एक जनाले उनीहरूबाट दुबईमा ठगी भएको उजुरी दिएका थिए । विभागले अभिमुखीकरण गर्न सहयोगी गरेको आशंकामा इगल म्यानपावर कन्सलटेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिर हुन पत्र थमाएको जनाएको छ । ढकाल उनीहरूसँगै भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्