Logo
Logo

आठौँ दिनमा सञ्जयकुमार गौतमले तोडे अनशन


693
Shares

बर्दिया । बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।

अनशनका क्रममा स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

पुल पुनर्निर्माण हुनुपर्नेलगायत विभिन्न १५ बुँदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि उनले अनशन सुरु गरेका थिए । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थल आएका थिए । उनले सोक्रममा सहमतिमा भएका सम्झौता पूरा गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्