Logo
Logo

‘सरकारले उखु खेतीलाई उधारोबाली बनाइदियो’


441
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उखु किसानले भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नगदेबालीलाई सरकारले उधारोबाबली बनाएको भन्दै आपत्ति जनाएका छन् ।

‘हामी बच्चादेखि पढ्दै आएको भनेको उखु नगदेबाली हो । हाम्रो सरकारले नगदेबालीलाई उधारोबाली बनाइदियो । किसानलाई न समयमा मल दिने, न बीउ दिने सरकार उल्टै सरकारले दुःख गरेर उखु उत्पादन गर्छ । तर सरकारले त्यसलाई उधारो बनाइदिन्छ ।’

उखुबालीबाट भएको आम्दानी अनुसारको भुक्तानी नपाउँदा अहिले धानबालीका लागि पनि समस्या भइरहेको उनले बताए । ‘जुन उखु किसानको पेमेन्ट हुन सकेको छैन, त्यो पैसा नआउँदा धानबाली समेत लगाउन किसानले सकेका छैनन। यसमा सरकारको ध्यानाकर्षण होस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्