Logo
Logo

एमाले सरकारबाट बाहिरिएपछि देश आर्थिक संकटमा फस्यो: ओली


4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देश आर्थिक संकटमा फसेको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै अध्यक्ष ओलीले एमालेको सरकार विस्थापित गर्दा देश संकटमा फसेको दाबी गरेका हुन् ।

‘एमालेलाई सरकारबाट विस्थापन गरेदेखि नै देशमा आर्थिक संकट आएको छ । हाम्रो सरकारको विस्थापन गर्नु नै अर्थतन्त्रलाई संकटमा पु¥याउनुको कारण हो,’ उनले भने । अध्यक्ष ओलीले देशको अर्थतन्त्रलाई ध्वस्त पार्न प्रचण्ड नेतृत्वको अहिलेको सरकार आएको बताए ।

उनले भने, ‘अर्थतन्त्रलाई ध्वस्त पार्न, देशलाई ओरालोतिर लान यो सरकार आएको हो ? यो सरकार दुःखको कारण भएको छ । यो सरकार कारण जनताले सास्ती पाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्