
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीकाबारेमा जानकारी मागेका हुन् ।
‘सरकारले शुक्रबार संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताको रुपमा बोल्दै अध्यक्ष ओलीले कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? भन्दै उनले प्रश्न गरे ।
उनले सरकारले पेस गरेको नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको भन्दै उक्त नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नु पर्ने समेत बताए ।











