काठमाडौं । नेकपा एमालेका अध्यक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताउँदै उनले १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गएपनि बाँकी ६ हजार ७५५ रहेकामा ४२९ को कार्डसमेत बनिसकेको उनले बताए ।
शरणार्थी प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरेपनि त्यो सफल नहुने ओलीको भनाइ छ । ‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ’ ओलीले भने, ‘पटक–पटक प्रधानमन्त्री भएँ, म माथि छानबिन गरियोस् ।’
शरणार्थी प्रकरणका दोषी कोही पनि छुट्न नहुने बताउँ उनले भने, ‘तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छ । दोषी उम्काउने, निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ ।’














