Logo
Logo

पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी हटाइएपछि नेविसंघको आपत्ति


693
Shares

काठमाडौं । आँखाका प्रख्यात डा. सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट हटाइएपछि यसको चौतर्फि विरोध भइरहेको छ ।

यसबीच नेपाल विद्यार्थी संघले पनि डा.रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट हटाइएपछि आपत्ति जनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याललाई भेटेर विषयमा ध्यानाकर्षण गराएका हुन् ।

‘राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रख्यात व्यक्तित्व डा सन्दुक रुइतको जिवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको विषयमा महानिर्देशकसँग कुरा गरें,’ शेर्पाले भने ।

डा. रुइतको जीवनी कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको महानिर्देशक अर्यालले जानकारी दिएको शेर्पाको भनाई छ ।

शेर्पाले कक्षा ११ र १२ तथा अन्य तहको पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने विषयमा छलफल भइरहको महानिर्देशकाले जानकारी गराएको बताए । संघले गत चैतमा नैतिक शिक्षा लगायत जीवन उपयोगी पाठ्यक्रम समावेश गर्न केन्द्रलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्