
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज (मंगलबार) बिहान ११ बजे बस्न लागेको हो ।
बेठकमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।
सोमबारको बैठकमा झन्डै चार दर्जन सांसदहरुले आफनो धारणा राखिसकेका छन् ।














