
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज (मंगलबार) अपराह्न ४ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसारआज बस्ने बैठक मन्त्रिपरिषदको नियमीत बैठक भएकाले समसामयीक विषयमा छलफल हुनेछ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि संघीय संसदमा नीति तथा कार्यक्रम पेस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि संसदका दुवै सदनमा छलफल भइरहेको छ । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले उक्त नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
आजको मन्त्रीपरिषद बैठकमा उक्त विषयमा पनि छलफल हुने बुझिएको छ । प्रेस सल्लाहकार आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।














