Logo
Logo

मधेशमा एकीकृत समाजवादीबाट गोविन्द मन्त्री बने


1k
Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी भएको छ ।

मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले आज (मंगलबार) नेपाली कांग्रेसका दुई र समाजवादीका एक मन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् ।

समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् । उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

त्यस्तै कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्रीमा र कोषध्यक्ष वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।

मधेसमा लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा दुई मन्त्रालयको अडानमा छ ।

प्रतिक्रिया दिनुहोस्