
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले भनसुनको राजनीति र मनसुनको खेतीले राष्ट्रिय अर्थतन्त्र नधान्ने बताएका छन् ।
मंगलबार जारी प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिहंले सो बताएका हुन् । उनले भने, ‘भनसुनको राजनीति र मनसुनको खेतीले अर्थतन्त्र धान्दैन । यसले राष्ट्रिय अर्थतन्त्रलाई दिशानिर्देश गर्दैन ।’
उनले दोहोरीमात्रै नभई संसद्मा उठेका प्रश्नहरूलाई समेट्दै लानुपर्ने उनले बताए । ‘प्रमुख प्रतिपक्षले उठाएको कतिपय कुराहरू पूर्वाग्रही होलान् । तर, कतिपय कुराहरू, सुझावहरू समेट्दै लानुपर्छ । उसले उठाएको मात्रै होइन, अरु दलहरूले उठाएको विषयमा पनि छलफल गर्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।











