
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नवनियुक्त भएका एक मन्त्री र एक राज्य मन्त्रीको आज शपथ ग्रहण हुँदैछ।
प्रधानमन्त्रीको सिफारिसमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका छन्।
उनीहरुको शपथ ग्रहण विहान १० बजे शितल निवासमा गराइने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९०) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
११औं पटकको विस्तारसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । योसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन्।
२०७९ पुस १० गते दाहाल प्रधानमन्त्री बनेपछि ११ पटक मन्त्रिपरिषद् विस्तार भएको हो।











