
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै निधिले विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दाबी समेत गरे ।
सासद नीधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई आग्रह गरे ।
संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु संविधानसम्मत हुने भन्दै त्यसका लागि कुनै परामर्श र छलफल आवश्यक नभएको उनले बताए ।











