Logo
Logo

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


693
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे बस्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी देश भारत भ्रमणमा जाँदैछन्। भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्