Logo
Logo

रुकुमपश्चिमको बाँफिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु


504
Shares

काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको हो ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बाँफिकोट रुकुमपश्चिमले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको मृत्यु भएको र पाँच जना गम्भीर घाइते भएकाे जनाइएको छ ।

जिपमा सवार अन्य सबै घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्