Logo
Logo

सोलुखुम्बुमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या



सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा एक महिलाको हत्याभएको छ ।

गाउँपालिकाको वडा नं। ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको गएराति अज्ञात समूहद्वारा धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए। उनका अनुसार महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्