Logo
Logo

संखुवासभामा खुकुरी प्रहारबाट युवतीको हत्या



संखुवासभा । संखुवासभामा एक युवतीको खुकुरी प्रहारगरी हत्या गरिएको छ ।

खाँदबारी नगरपालिका–१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ ।

युनाको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

गदाल बिहीबार नेपाल प्रहरीको ३ महिने तालिम पूरा गरेर विराटनगरबाट खाँदबारी आएका थिए। बिहीबार राति गदाल पनि युनाकै कोठामा बसेका थिए। घटनाको कारण खुलिसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।

प्रतिक्रिया दिनुहोस्