Logo
Logo

बागमती प्रदेशमा सार्वजनिक सवारी भाडा घट्यो, कुन रुटमा कति ?


1k
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।

काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम २० रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १९ रूपैयाँ हुनेछ । यसअनुसार उपत्यकाभित्र १० किलोमिटरसम्मको २७ रुपैयाँको भाडाको सट्टा २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँको सट्टामा ३० रुपैयाँ, १५ किलोमिटरसम्म ३५ रुपैयाँको सट्टा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको दुरीमा ४० रुपैयाँको सट्टामा ३८ रुपैयाँ भाडा कायम भएको छ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्