काठमाडौं । प्रतिनिधिसभाको बैठक साँझ ६ बजेका लागि तोकिएको छ । शुक्रबार मध्यान्ह बैठक सुरु भएलगत्तै एमालेले अवरोध गरेपछि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

२० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर, प्रतिपक्षी एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय पछि धकेलिएको हो ।















