Logo
Logo

भ्रष्टाचारविरुद्ध अझै ठुलाठूला एक्सन हुन्छ : प्रधानमन्त्री


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचारविरुद्ध ठुला ठुला एक्सन हुने बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम् २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले सरकारको नेतृत्व गर्ने अवसर आन्दोलनमा निरन्तर खारिएको नेतृत्वको पहलकदमी र वैचारीक लामो संर्घर्षबाट खारिएको नेतृत्वको पहलकदमीले मात्रै सम्भव भएको उनले बताए ।

उनले युद्धदेखि शान्ति प्रक्रियाको हालको अवस्थासम्म आइपुग्दाको अनुभवको आधारमा आफु देशको नेतृत्व लिने निर्णयमा पुगेको समेत बताए ।

सरकारले सुशाासन र समृद्धिको संकल्पका साथ काम सुरु गरेको उनको भनाई थियो । सरकारले नेतृत्व गरेर यहाँसम्म आउँदा एउटा नयाँ अन्दोलन, नयाँ अभियान र नयाँ संस्कारको सुरुवात हुन खोजेको महशुस जनतामा भएको प्रधानमन्त्रीले बताएका छन् ।

जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो । प्रधानमन्त्रीले अहिले सुशासन, समृद्धि र भ्रष्टाचारका विरुद्ध पनि त्यहि मानसिकताका साथ हाम फालेको बताए । विचार, राष्ट र जनताको निम्ति नयाँ सकल्पका साथ लागेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘१० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौं।’

उनले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने बताए । उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं। अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं ।’

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए । उनले भने, ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।’

आफुहरु नेतृत्वमा गएदेखि आफुहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्