Logo
Logo

भ्रष्टाचार विरुद्धको लडाई रोकिने छैन : प्रधानमन्त्री


945
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिकृति, बिसंगति र भ्रष्टाचारबिरुद्धको लडाईमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भएको बताएका छन् ।

शनिबार काठमाडौंको साँखुमा प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध सुरु गर्दा मृत्युबरण गरेर हामफालेको भन्दै अहिलेको लडाईमा पनि कतिबेला एम्बुस र घात प्रतिघातमा पर्ने हो टुङ्गो नरहेको बताए ।

उनले मुलुकमा देखिएको ठूला–ठूला भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा जनताले साथ दिने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै समस्या पनि भ्रष्टाचारका बिरुद्धको लडाई नरोकिने बताए । संसदमा विचार र राजनीतिले नभई सबै संख्याको खेल हुने भएकाले देशको नेतृत्व लिने संख्यामा माओवादी नरहेपनि बिभिन्न कारणले अहिले सरकारको नेतृत्वमा माओवादी पुगेको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा पुगेको दिन देखि माओवादी पार्टी र नेतृत्वलाई अपमानित गर्ने र घेरावन्दी गर्ने कसरत भइरहेको धारणा राखे ।

उनले सहिदले देखाएका सपना र मुलुकलाई अघि बढाउन जस्तोसकै चूनौतिको पनि सामना गरेर अघि बढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्