Logo
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



काठमाडौं । आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान १० बजे बस्नेगरी बैठक बोलाएको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे छलफल हुन सक्ने बताएइको छ ।

दुवै विषयमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही निर्णय गरेपछि सबै टुङ्गो लागि नसकेकोले आज टुङ्ग्याउने गरी बस्न लागेको सञ्चार तथा सूचना प्रविधीमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताए ।

उनका अनुसार आज अरु पनि केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन्। मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्