Logo
Logo

विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री भारत जाने


315
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत जाने भएका छन् । आगामी जेठ ३० देखि ३२ सम्म भारतको कलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उनी भारत जाने भएका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भारत भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले तनहुँ जलविद्युत आयोजना ऊर्जा प्रणाली विस्तार आयोजना, ग्रिड विकास र नेपाल वितरण प्रणाली स्तरोन्नति र विस्तार आयोजनाका एलआइविआर सन्दर्भ र दर निर्धारणअनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टम्स एसओएफआरका आधारमा ब्याजदर निर्धारण गर्नेगरी वित्तीय सम्झौतामा संशोधन गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्