Logo
Logo

नरैनापुर गाउँपालिकाद्वारा १६ हज यात्रीलाई बिदाई


1.4k
Shares

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाबाट हजका लागि जान लागेका यात्रीहरुलाई नरैनापुर गाउँपालिकाले बिदाई गरेको छ ।

जिल्लाको नरैनापुर गाउँपालिकाबाट–१६ जना हज यात्रीहरुलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज टोपी, रुमाल र हज मार्गदर्शन किताबका साथ शुभकामना दिदै बिदाई गरेका हुन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष नरैनापुरबाट महिला पुरुष गरि १६ जनाले फारम भरेका थिए । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । जिल्लाका हज यात्रीहरु हजका लागि काठमाडौं प्रस्थान गरेका छन् ।

केन्द्रिय हज कमेटीले हजयात्रीहरुका लागि काठमाडौको बसाई खाना, टिकट, भिजा, हज खोप र साउदी अरबको बसाई, यात्रा समेत कमेटीले व्यहोर्ने छ ।

ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नु पर्छ ।

हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्