Logo
Logo

जसपाको विधान मस्यौदा अनुमोदन


378
Shares

काठमाडौं । जनता समाजवादी नेपाल (जसपा)को विधान मस्यौदा केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ । आइतबार बसेको बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो ।

यस्तै, बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने निर्णय गरेको छ । विधान अधिवेशन कमलादीस्थित प्रज्ञा भवनको हलमा असार १०, ११ र १२ गर्ने निर्णय भएको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्