Logo
Logo

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै


1k
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट आज प्रस्तुत गर्दै छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज मध्यान्ह ४: १५ बजे बस्ने संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्