
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तरकारी खेती सुरु गरिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी निवास परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् ।
सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।
कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागीता रहेको थियो ।











