
काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । आर्थिक २०८०/८१ को को बजेट, आन्तरिक ऋणलगायतका बिधेयक पारित गर्न सरकारले मन्त्रीपरिषद्को बैठक बोलाएको हो ।
बैठक सिंहदरवारमा दिउँसो १ बजे बस्ने छ। बैठकले पारित गरेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन् ।
त्यसपछि अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा बजेट भाषण पढ्ने कार्यक्रम छ । बजेट भाषणका लागि ४ बजे बैठक डाकिएको छ । सरकारले साढे ६ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राख्दै १७ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ ।











