Logo
Logo

वीरगन्ज कारागारबाट १९ कैदी रिहा


756
Shares

वीरगन्ज । वीरगन्ज कारागारबाट आज १९ कैदी बन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा कैद माफी पाएका १९ बन्दी रिहा भएका हुन् ।

जसमध्ये कर्तव्य ज्यानमा कैद भएका ५ जनाले राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएको कारागार कार्यालयले जनाएको छ । बाँकी १२ जना कैदी कैद भुक्तान गरि रिहा भएका हुन् ।

गणतन्त्र दिवसका दिन रिहमा हुनेमा ५ जना आममाफीसहित कर्तव्य ज्यान मुद्दाका ७ जना, सवारी ज्यान र चोरी मुद्दाका ३र३ जना, हातहतियार खरखजानाका २ जना र आपराधिक लाभ, ज्यान मार्ने उद्योग, लागूऔषध गाँजाका एकरएक जना गरी १९ जना रहेका छन् ।

सोमबार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदी बन्दीको कैद माफी गरेका थिए । यसका साथै १९ जनालाई आम माफी दिएका थिए । आज विभिन्न कारागारबाट ५०१ जना कैदी बन्दी रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्