Logo
Logo

युवालाई स्वदेशमै रोक्ने बजेट ल्याएको सरकारको दाबी


378
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नेमा केन्द्रित भएको दाबी गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

उनले बजेट निर्माण गर्दा समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्ने कुरा ध्यान दिइएको दाबी गरे ।

उनले साझा न्यूनतम कार्यक्रम, नीति तथा कार्यक्रम लगायतमा आएको सुझावलाई मार्ग निर्देशनको आधारमा बजेट बनाएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्