काठमाडौं । सरकारले अध्यापन अनुमति पत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।
‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मेलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ,’ बजेटमा उल्लेख छ।
यसअघि केही प्राविधिक विषयबाहेक अनुमति पत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।











