Logo
Logo

संसदीय सुनवाई समितिको पहिलो बैठक बस्दै


882
Shares

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दै छ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।

सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् ।

अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

हिजो सोमवार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरुलाई निर्देशन दिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्