
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको भारतीय संसदको भित्तेचित्रमा नेपालको भूमि समेटिएको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद गैह्रेले मंगलबार बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा भारतको संसद् भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई हटाउन आग्रह गर्न उर्जामन्त्री शक्ति बस्नेतलाई ध्यानाकर्षण गराएका हुन् ।
उनले भारतले आफ्नो संसद् भवनको नक्सामा नेपालको लुम्बिनी राखेको जानकारी गराउँदै क्रममा त्यसबारे नेपालको तर्फबाट आफ्नो कुरा राख्न आग्रह गरे ।
जवाफमा मन्त्री बस्नेतले भारतको बिहारमा पनि त्यही नाम गरेको ठाउँ रहेको भन्ने भारतीय पक्षको कुरा रहेको बताउँदै सांसद गैह्रेले राखेको कुरामा भारतीय पक्षलाई राख्ने प्रतिबद्धता जनाएका छन् ।











