Logo
Logo

अर्थमन्त्रीलाई टेस्ला प्यारो


756
Shares

काठमाडौं । विश्वभर इलेक्ट्रिक भेइकलको प्रयोग बढिरहेको बेला नेपालमा भने विद्युतीय सवारी सरकारको लागि कमाइखाने भाँडो बनेको छ ।

सरकारले नीति तथा कार्यक्रममा विद्युतीय सवारीलाई प्रोत्साहनको नीति लिए पनि बजेट भाषणसम्म आइपुग्दा व्यापक चलखेल भएको छ । 

जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले जारी गरेको बजेट भाषणमा सुरज बैद्य, अन्जन श्रेष्ठ, आकाश गोल्छा र करण चौधरी लगायतको व्यापक चलखेल लुक्न सकेन । 

यिनै विचौलिया व्यापारीहरूको प्रभावमा परेर अर्थमन्त्री महतले सय किलोवाटसम्मको विद्युतीय सवारी साधनमा २० प्रतिशत कर बढाएका छन् भने सय किलोवाटभन्दा माथिका ‘टेस्ला’जस्ता महँगा विद्युतीय सवारीको कर घटाएका छन् ।
 
सय किलोवाटभन्दा कम क्षमताको विद्युतीय सवारी साधनप्रति मध्यमवर्गीय परिवारको आकर्षण बढेको बेला त्यसलाई निरुत्साहित गर्न अर्थमन्त्री महतले व्यापारीसँगको साँठगाँठमा सय किलोवाटसम्मको विद्युतीय सवारीमा २० प्रतिशत कर बढाएमा हुन् । जसले गर्दा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन बिक्रेतालाई सहज भएको छ ।

सरकारको आर्थिक नीतिका कारण नेपालमा विद्युतीय सवारी साधन प्रयोग गर्नेहरू अन्योलमा परेका छन् । हरेक वर्ष बजेट भाषण कुरेर विद्युतीय सवारी साधन खरिद गर्नुपर्ने परिस्थिति सरकारले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्